डा. तुलसी गिरी

नेकपामा आर्को फण्डा सुरु , १५ बुँदे प्रस्तावमाथि नेपालको १७ बुँदे टिप्पणी


काठमाडौँ–    हिजोमात्र बसेको नेकपा स्थाई कमिटी बैटकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पस्पकमल दहाल एक ठाउमा उभिएसगै बरिष्ठ नेता माधबकुमार नेपालले १७ बुँदे नयाँ प्रस्ताब राखेपछि नेकपामा नयाँ फण्डा सुरु भएको छ ।   अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले १७ बुँदे टिप्पणी प्रस्तुत गरेका छन्।

शुक्रबार अध्यक्षको प्रस्तावमाथि नेपालले सुझावका रुपमा १७ बुँदे आफ्नो धारणा राव्ख्दै विधि र प्रक्रियागत ढंगले पार्टीलाई चलाउन माग गरेका हुन्। अध्यक्षको प्रस्तावलाई सुझावसहित स्थायी समितिले पारित गरेको छ।

नेता नेपालले बैठकमा पेश गरेको टिप्पणीमा पार्टीको विधानअुसार ‘एक व्यक्ति एक पद’ व्यवस्थालाई कार्यान्वयन गर्न फेरि माग गरेका छन्।

उनले पेश गरेको सुझावमा उल्लेख छ, ‘पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै ब्यक्तिको हकमा एक ब्यक्ति एक प्रमुख जिम्मेबारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम् नेतृत्व समेत विकास हुन्छ।’

उनले राजनीतिक नियुक्ति पार्टीबाट अनुमोदन गराएर मात्र गर्न पनि आग्रह गरेका छन्।

यस्तो छ नेता नेपालले पेश गरेको १७ बुँदे टिप्पणी

कमरेड माधव कुमार नेपालद्वारा स्थायी कमिटी बैठकमा प्रस्तुत केही बुँदाहरु

२६ भदौ, २०७७

अ) पार्टी सम्बन्धमा

क) पार्टी एकता सम्बन्धी बुझाई

१. यो दुई पार्टी बीचको एकता हो, पार्टी एकता मूलतः साविक कमिटीहरु बीचको एकता हो भन्ने
बुझ्नु पर्दछ । अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन्, तर यसलाई दुई अध्यक्षहरुको जिम्मेवारी
बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर ब्याख्या गर्न सकिदैन, यो समग्र पार्टी पंक्तिको
एकता हो, त्यसैले निश्चित बिधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी
दिनुपर्छ ।

ख) पार्टीमा जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा

१. एकताको सन्देश दिने बेला साविक कमिटीमा रहेको कसैलाई पनि अपमान नहुने गरी कमिटी
निर्माण गर्नुपर्छ । त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरुप
साविक कमिटीका सिनियरहरुलाई राखेर एकिकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवेशनमा निश्चित
बिधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने
कुराको सुनिश्चितता गरिनुपर्छ ।

२. पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै ब्यक्तिको हकमा ‘एक ब्यक्ति एक प्रमुख
जिम्मेबारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई
जिम्मेवारी दिन सकिन्छ एवम्नेतृत्व समेत विकास हुन्छ ।

ग) पार्टी बिधानको कार्यान्वयन सम्बन्धमा

१. विधानको धारा ४७‘क’ मा भएको ‘अनुगमन र मूल्याङ्कन’ सम्बन्धी ब्यवस्था, धारा ६०‘क’ मा
भएको ‘पार्टीको निर्णय’को ब्यवस्था र धारा १७ को (ङ), (झ) र (ट) मा भएका ‘केन्द्रीय कमिटी
अध्यक्ष र महासचिवको अधिकार र कर्तब्य’ सम्बन्धी ब्यवस्थालाई लागु गर्ने काम गनुपर्छ ।

घ) आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मान

१. विभिन्न तहमा कम्युनिष्ट आन्दोलनको स्थापना, विस्तार र विकास गर्न योगदान गरेको पुस्तालाई
सम्मान गर्नुपर्छ एवम्उनीहरुको भूमिकाको कदर गर्नुपर्छ,

२. अहिले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ पुस्ता आएपनि पूरानो पुस्ताको भूमिकालाई सम्मान हुने र
उनीहरुलाई आफ्नो पार्टी भनेर अनुभूति हुने वातावरण निर्माण गर्नुपर्छ,

३. आन्तरिक प्रतिस्पर्धालाई ब्यवस्थित गर्नुपर्छ ।

ङ) पार्टी बैठक, निर्णय र निर्णय प्रक्रिया

१. पार्टी बैठक नियमित एवम्विधानले तोकेको अवधिमा अनिवार्य रुपमा बस्नुपर्छ,

२. बैठकमा पर्याप्त छलफल गराउनु पर्छ र ब्यक्त बिचारहरुका आधारमा विधान अनुसारको प्रक्रिया
अनुरुप निर्णय गर्नुपर्छ,

३. यस बाहेक तत्काल समस्याहरु आउँदा वा महत्वपूर्ण निर्णयहरु गर्ने बेलामा पार्टीका
औपचारिक/अनौपचारिक बैठक बस्नुपर्छ र कमिटीले निर्णय गर्ने साथै नेतृत्वका बीचमा समझदारी
निर्माण गर्ने काम गर्नुपर्छ ।

च) नेता कार्यकर्ताको मूल्याङ्कन सम्बन्धमा

१. वरिष्ठता र क्षमताका आधारमा जिम्मेवारी र प्राप्त जिम्मेवारीको कार्य सम्पादन मुल्याङ्कनको
आधारमा पदोन्नति वा यथाजिम्मेवारी दिने काम गर्नु पर्छ,

२. आफुलाई प्राप्त जिम्मेवारी पूरा गर्दा वा नगर्दा आफ्नो भूमिका वा पदमा के फरक पार्छ भन्ने कुरा
प्रत्येक नेता कार्यकर्ताले बुझ्नु पर्छ र यसका लागि बैज्ञानिक प्रणालीको विकास गर्नु पर्छ ।

छ) योग्य, नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्ने सम्बन्धमा

१. बिषयगत विशिष्ठता भएका, अनुभवी पुराना नेतृत्व तहका कमरेडहरुका साथै युवा र क्षमतावानलाई
निश्चित मापदण्ड बनाएर मात्र पार्टी तथा सरकारमा जिम्मेवारी दिनुपर्छ, यसले पार्टी एवम्
सरकारको आकर्षण तथा लोकप्रियता बढ्छ र नयाँ पुस्ता पार्टीमा आवद्ध हुने र सक्रियताका साथ
लाग्ने वातावरण बन्छ,

२. चाकरी र मूल नेतृत्वसँग सामिप्यताको आधारमा होइन काम र क्षमताको आधारमा प्रत्येकलाई
आफ्नो भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्छ, अनि मात्र पार्टीमा आकर्षण बढ्छ,

३. पाटीभित्र झ्याङ्गिएको गैर सर्वहारा एवम्गैर कम्युनिष्ट प्रवृत्ति र चरीत्रका बिरुद्ध ब्यापक शुद्धिकरण
अभियान र बैचारिक सैद्धान्तिक प्रशिक्षण अभियान चलाउनु अत्यावश्यक छ ।

आ) सरकार सम्बन्धमा

ज) सरकार निर्माण सम्बन्धमा

१. स्पष्ट र पारदर्शी मापदण्ड निर्माण गरी पार्टी भित्रको सन्तुलन एवम्मुलुकको समेत सन्तुलनलाई
मिलाएर नेताहरुको बीचमा समझदारी निर्माण गरी सरकार निर्माण गर्नुपर्दछ,

२. सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने ब्यक्तिहरुको निर्णय पार्टीको सम्बन्धित जिम्मेवार
निकायबाट गर्नुपर्दछ ।

झ) सरकार सञ्चालन सम्बन्धमा

१. सरकार पार्टीको नीति अनुरुप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सञ्चालन गर्नुपर्दछ,

२. पार्टीले सरकार सञ्चालन गर्नुपर्छ,

३. सरकारले गर्ने महत्वपूर्ण निर्णय तथा दीर्घकालिन महत्व राख्ने बिषयहरुलाई पार्टीमा छलफल
गराउनु पर्दछ र आवश्यकता अनुसार विज्ञको राय लिनुपर्दछ ।

ञ) समाजवादको नेपाली नमूना (मोडेल) निर्माण सम्बन्धमा

१. समाजवादको सिद्धान्त र नेपाली ब्यवहार बारे नेतृत्व पंक्तिको एउटै राय बनाउन घनिभूत र
ब्यापक छलफल र बहस चलाउनु पर्छ,

२. यसमा ब्यापक पार्टी पंक्ति र सिंगो समाजलाई पनि संलग्न गराउनु पर्छ,

३. समाजवादको उद्धेश्य सबैखाले भेदभाव, असमानता, शोषण, उत्पीडन,असमानता र विकृति–
विसंगतिको अन्त्य गरी न्यायपूर्ण, समानतामा आधारित, सुखी, समृद्ध र सुसँस्कृत समाजको
स्थापना गर्नु हो भन्ने कुरामा स्पष्ट हुँदै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले बहन
गर्नुपर्दछ,

४. प्रत्येक ब्यक्तिमा अन्तरनिहित क्षमता र खुवीको पहिचान र सम्मान गर्दै उनीहरुको ब्यक्तित्व
विकास गर्ने वातावरण तयार गर्नुपर्दछ,

५. नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजको सन्दर्भमा कुन क्षेत्रको भूमिका र योगदान
सबैभन्दा प्रभावकारी र आवश्यक हुन्छ भन्ने कुरामा स्पष्ट हुँदै राष्ट्रिय पूँजीको विकास गर्ने, तीन
खम्बे अर्थनीतिलाई दृढताका साथ अवलम्बन गर्दै विदेशी पूँजी र सहायताको प्रभावकारी रुपमा
उपयोग गर्दै राष्ट्रिय उत्पादनमा बृद्धि र उत्पादकत्व क्षमता बढाउने कुरामा ध्यान दिनु पर्दछ,

६. नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रको प्राथमिकताक्रम त्यसको महत्व र समग्र अर्थतन्त्रमा पार्ने
प्रभावको आधारमा तय गर्नुपर्दछ ।

ट) भ्रष्ट्राचार र सुशासनका सन्दर्भमा

१. भ्रष्ट्राचारका प्रत्येक मुद्धामा सरकार एवम्पार्टी दुवै संवेदनशील हुनुपर्छ,

२. नेता तथा कार्यकर्ताहरुको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्छ,

३. प्रत्येक उजुरीको पार्टी तथा राज्यका सम्बन्धित अङ्गबाट तत्काल निष्पक्ष छानवीन गर्नुपर्छ, दोषीमाथि
कडा कारवाही गर्नुपर्छ, गंभीर जनसरोकार र सुशासनका कुरामा कसैलाई छुट दिनुहँदैन,

४. सुशासनका बाधक बिषयहरुलाई ऐन कानुन संशोधन गरेरैभएपनि हटाउनु पर्छ र जनउत्तरदायी
एवम्पारदर्शी शैली अपनाउनुपर्छ, तदनुरुप प्रशासन लगायत सबैलाई परिचालित गर्नुपर्छ,

५. सेटिङ्ग प्रणालीको अन्त्य गर्नुपर्छ, दलाल पूँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्नु हँुदैन

ठ) राजनीतिक तथा अन्य नियुक्तिका सम्बन्धमा

१. सम्बन्धित निकायले अपेक्षा गरेको योग्यता अनुरुप निश्चित मापदण्ड तयार गरी त्यसको आधारमा
राजनीतिक नियुक्ति गर्नुपर्छ,

२. नियुक्त हुने ब्यक्तिको आचरण, ब्यबहार, आस्था र सन्तुलन समेत विचार गर्नुपर्छ,

३. एउटा तहमा छलफल चलाई समाजमा बद्नाम नभएका एवम्कसैका विरुद्ध निम्न स्तरको गाली
गलौज तथा सार्वजनिक अपमान नगरेको र नगर्ने ब्यक्तिलाई मात्र नियुक्त गर्नुपर्छ,

४. गलत कामलाई निरुत्साहन गर्नुपर्छ ।

ड) राज्यशक्तिको प्रयोग

१. राज्यशक्तिको प्रयोग राष्ट्रको सम्बृद्धि र विकासको निम्ति प्रयोग गर्नुपर्छ,

२. मुलुकको प्रगतिका बाधक तत्वहरुको पहिचान गरी त्यसको समूल अन्त्य गर्नु पर्दछ,

३. राज्यशक्तिको दुरुपयोग पार्टीको आन्तरिक प्रतिस्पर्धालाई प्रभावित गर्न गर्नुहुँदैन ।

ढ) अन्तर्राष्ट्रिय सम्बन्ध

१. पञ्चशीलमा आधारित विदेश नीति, असंलग्न परराष्ट्र नीति, दुई ठूला छिमेकीसँगको सन्तुलित
सम्बन्ध, अरुको आन्तरिक मामिलामा अहस्तक्षेप जस्ता नीति अवलम्बन गर्नुपर्दछ,

२. बोलिमा संयमता तर मुद्धामा स्पष्टता सहितको अडान राख्नु पर्छ,

३. आफ्नो राष्ट्रिय हित र पारस्पारिक सम्मानमा आधारित विदेश नीति अंगाल्नु पर्छ,

४. उल्लेखित नीति र सोही अनुरुपको ब्यबहार राष्ट्रियता बलियो बनाउने आधार तथा दीर्घकालिन
हितका बिषय हुनुपर्छ, राष्ट्रिय हितमा आघात पुग्ने र असंलग्नताको परराष्ट्र नीतिका सिद्धान्त
विपरित कुनै सन्धी, संझौता वा सहमति गर्नु हुँदैन ।

ण) नेतृत्व तहमा हार्दिकता

१. नेतृत्व तहका बीचमा हार्दिकता हुनुपर्दछ, साथै सम्पूर्ण पार्टी पंक्ति प्रति कमरेडली, पूर्वाग्रह मुक्त
ब्यवहार गरिनुपर्दछ,

२. विगतमा पार्टी निर्माणमा सबैले योगदान दिएको हुनाले उनीहरुको कामको प्रशंसा तथा उनीहरुप्रति
सम्मानभाव राख्नुपर्दछ,

३. यदि आपसी सम्बन्धमा गहिरो हार्दिकता हुन सकेन भने पनि न्यूनतम समझदारी निर्माण हुनुपर्दछ,
४. कुनै पनि सहकर्मी तथा कार्यकर्तालाई घोचपेच, खिसिट्युरी, अपमान तथा सार्वजनिक बेइज्जत
गर्नु हुँदैन,

५. कुनै पनि समकक्षी नेताको बारेमा भेट्न जाने अरुसँग खिसिट्युरी गर्ने र उडाउने काम गर्नु हुँदैन,

६. एउटालाई प्रयोग गरेर अर्कोलाई देखाइदिने वा समाप्त गर्ने सोंचाई गलत हो, त्यस्तो काम गर्नु
हुँदैन,

७. स्वयं ब्यक्तिको अगाडि स्वस्थ आलोचना गर्नु भनेको सुधारका लागि हो यसले हार्दिकतामा असर
पार्नु हुँदैन ।

त) पार्टी र सरकार बीचको अन्तरसम्बन्ध

१. केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारलाई पार्टीको नीति र घोषणापत्र अनुरुपमा काममा लगाउनको
लागि पार्टीसँग समन्वय हुनुपर्दछ,

२. सरकारले पार्टीसँग समन्वय गर्ने तथा पार्टीले सरकारका कामलाई सहजीकरण गर्नुपर्दछ,

३. सम्बन्धित तहका उच्च नेतृत्वको अनौपचारिक चुस्त टीम बनाएर सरकारको कामलाई प्रभावकारी
बनाउने, पार्टीको स्वामित्व स्थापित गर्ने र गरेका कामलाई जनस्तरसम्म प्रचार गर्ने गर्नुपर्दछ ।

थ) पार्टी, सरकार र जनताबीचको सम्बन्धबारे

१. पार्टी र सरकारको जनतासँगको सम्बन्ध पानी र माछा जस्तो हुनुपर्दछ,

२. पार्टी एवम्सरकार जनताको सुख, दुःखको साथी, आशा एवम्भरोसाको केन्द्र हुनुपर्छ,

३. सबै क्षेत्र र तहमा पार्टी र सरकार बीच नियन्त्रण र सन्तुलनको नीतिको दृढताका साथ पालना
गर्नुपर्छ,

४. सुन्दर भविष्यको सपना देखाउने, तदनुरुपको ब्यवाहारिक, संभव र सन्तुलित योजना बनाउने, सो
योजना लागु भए नभएको अनुगमन गर्ने, समस्याको पहिचान गरी त्यसको समयमै समाधान गर्ने
र कम्तिमा पनि तोकिएको समयमा र सकेसम्म कम खर्चमा गुणस्तरीय सेवा र परिणाम दिने
तरिका अवलम्बन गर्नुपर्छ, पार्टी एवम् सरकारले सार्वजनिक सरोकारका कममा जनताको
सहभागितामा जोड दिनुपर्छ,

५. धेरै बोल्ने, धेरै प्रतिबद्धता ब्यक्त गर्ने, ठूला ठूला कुरा र घोषणा गर्ने तर थोरै परिणाम दिने
तरिकाबाट जोगिनुपर्छ र थोरै बोल्ने अनि धेरै परिणाम दिने कार्यशैली अपनाउनु पर्छ ।