डा. तुलसी गिरी

प्रेस कार्ड बोकेका मान्छे बजारमा छ्यापछ्याप्ती


कोभिड १९ अर्थात कोरोना भाईरस ब्यापक बढेसगै नेपाल सरकारले पनि पटक पटक गरी कति पय ठाउमा कर्फू त कतिपय ठाउमा निशेधाज्ञा जारी गरेपछि सर्वसाधारणहरु आवत जावत र दैनिकी गुजार चलाउनकैलागी बजारमा निस्कनकै लागी बिकल्प खोज्दै जादा सरकारले अन्यलाई रोक्ने तर प्रेस कार्ड बोरेर हिडेकालाई नरोके संगै प्रेस कार्डको दुरुपयोग त हुनेनै भया बजारमा बिक्री समेत हुन थालेछ ।
प्रेस कार्ड बोकेका मान्छे बजारमा छ्यापछ्याप्ती नेपाल प्रहरीले हिजोमात्र बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे ।

प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२÷१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ ।

अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पकउ परेका तिनैजनालाई आबस्यक कार्वाहिका लागी प्रक्रिया अगाडी बढाईएको छ ।