डा. तुलसी गिरी

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार राति १२बजे देखि निषेधाज्ञा

२ भाद्र २०७७, मंगलबार ००:००


काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार राति १२ बजे देखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।