डा. तुलसी गिरी

कोरोनाभाइरस : धनुषामा थप एकको मृत्यू


कोरोना संक्रमणबाट आज थप एकजनाको मृत्यु भएको छ ।

धनुषाको प्रादेशिक अस्पताल जनकपुरमा कोभिड १९ का कारण अस्पतालको आईसोलेशन कक्षमा उपचार भइरहेको ६५ बर्षिया एक पुरुषको जानकारी प्राप्त भएको छ ।

दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएपछि अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको थियो ।

यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश नम्बर २ मा ४६ जना कोरोना संक्रमृतको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।