डा. तुलसी गिरी

गोंगबु घटना:-आरोपीत महिला पक्राउ पछि प्रहरी द्धारा आज सार्वजनिक

२७ श्रावण २०७७, मंगलबार ००:००


काठमाडौँ —गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बोहराको हत्यामा संलग्न आरोपित चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई प्रहरीले आज मंगलबार सार्वजनिक गरेको छ ।
प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् । विष घोलेको दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको खुल्न आएको पनि महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेको, टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर फयाकेको बताएको छ । त्यसपछि टाउको र खुट्टा भएको प्लास्टिक छुटटै ठाउँमा फयाकेको प्रहरी अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बोहराको मृत शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको जनाएको छ। उनी भागेर माइती गएको बेला सोमबार दिउँसो चितवनको टाँडीबाट पक्राउ परेकी थिइन् । यस घटनाका बारेमा प्रहरीले विस्तृत रुपमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।