डा. तुलसी गिरी

नो फोटो जोन तलेजुमा राष्ट्रपति भण्डारीको फोटो मोह


काठमाडौं। पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न विवादमा मुछिदै आएकी छन्। फेरी उनि अर्को विवादमा परेकी छन्।

गत शनिबार भक्तपुरमा भएको एक कार्यक्रममा सहभागि हुन जाँदा उनले तलेजु मन्दिरको दर्शन गरेकी थिइन्।

उनले त्यहाँ विभिन्न पोजमा फोटो खिचाएकी छन्। केहि समयदेखि फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर फेरी विवादको खाडलमा परेकी हुन्।

अहिले यो सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ।

फोटो खिच्न मनाही गरिएको ठाउँमा खिचिएको फोटोमा राष्ट्रपति भण्डारीसँगै भक्तपुर क्षेत्र नं २ का संघीय सांसद एवं नेकपा नेकपाका केन्द्रीय सदस्य महेश बस्नेत, प्रदेश नं ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमेत रहेका छन्।