डा. तुलसी गिरी

यसकारण दर्शकको मन जित्दै फिल्म ‘ए मेरो हजुर ३’


काठमान्डौ । नेपाली फिल्मले नकारात्मक समीक्षा पाए पनि दर्शकले भने फिल्म ए मेरो हजुर३ निकै रुचि देखाएका छन्।

शुक्रवार नै फिल्मको ओपनिङ राम्रो थियो भने बिहीवार भएको प्रिमियरमा फिल्म हेरेका कलाकारले तारिफ गरेका थिए। यता समीक्षकले भने यो फिल्मलाई ‘ठीकै’ भनेका छन्।

समीक्षात्मक रुपमा गाली पाएको फिल्म आखिर किन चल्यो रु के अनमोलका कारणले फिल्म चलेको हो रु यी प्रश्नहरु सामान्य लागे पनि यतिबेला भने नेपाली फिल्मको बजार गहन रुपमा सोच्नुपर्ने भएको छ।

झरना थापाले निर्देशन गरेको यो फिल्मको क्रेज देखिनुमा यसको नामले पनि प्रभाव पारेको छ भने अर्कातिर यो फिल्म व्यावसायिक रुपमा नेपाली फिल्मका दर्शकले चाहेजस्तो बनेको छ।

नेपाली फिल्म हेर्ने ठूलो समूह, जो स–साना कुरामा रमाउँछ। त्यो वर्गले फिल्म रुचाएको छ।

अर्कातिर दर्शकले झरना थापाप्रति विश्वास गरेको मान्न सकिन्छ। यसअघि पनि सोही नाम गरेको फिल्मले राम्रो व्यापार गरेकाले यो फिल्म चलेको मान्न सकिन्छ भने फिल्मले रिलिजअघि सार्वजनिक गरेका गीत र ट्रेलरले पनि दर्शकको मन जितेको थियो।

फिल्म चल्नुमा स्टारडम मात्र भएर हुँदैन भन्ने त अनमोलकै फिल्म ‘क्याप्टेन’ ले देखाइसकेको छ। तर, उनको मुख्य भूमिका रहेको यो फिल्मले भने दर्शकको ध्यान तानेको छ। अनमोल स्वय‌ंको क्रेज पनि देखिएको छ। अर्कातिर यही फिल्मबाट सुहानाले पनि बलियो सम्भावना देखाएकी छिन्।

‘ए मेरो हजुर ३’ चल्नुमा पहिलो कुरा त दर्शकको चाहाना अनुसार फिल्म बनेको छ।