काठमान्डौ। सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। यस साताको पहिलो दिन आइतबार १७ अंक बढीले बढेको हो।

नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ। आइतबार परिसूचक सँगै कारोबार रकम पनि उच्च देखिएको छ।

दिनभर भएका ७ हजार ४ सय ४४ कारोबारबाट १६८ कम्पनीका १८ लाख ५४ हजार ८९ कित्ता सेयर किनबेच भएका छन्। जस अनुसार कारोबार रकम ५३ करोड १७ लाख २५ हजार ६ सय ६३ रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले करिब ९ अर्ब रुपैयाँ बराबको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले मंगलबार तीन भिन्न किसिमका ८ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँको बिल जारी गर्न लागेको हो।

ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुँदैछ। ९१ दिनका लागि जारी हुन लागेको एक अर्बको बिल २०७६ असार २४ गते परिपक्व हुनेछ।

त्यसैगरी १ सय ८२ दिनका लागि जारी हुन लागेको १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयााँको बिल २०७६ असोज २१ गते परिपक्व हुनेछ।

३ सय ६४ दिनको लागि जारी हुन लागेको ६ अर्ब रुपैयाँको बिल २०७६ चैत २५ गते परिपक्व हुनेछ ।

सुनको मुल्य बढ्यो
आइतवार सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ। सुनको मुल्य आइतवार प्रतितोला ५९ हजार ८ सय रुपैयाँले किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मुल्य अघिल्लो कारोबारको दिन ‘शुक्रवार’ भन्दा तीन सय रुपैयाँले बढेको हो। तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ।