काठमाडौं। हिमालय एयरलाइन्सले यही चैत १७ गते अर्थात् मार्च ३१ देखि युएईको आबुधाबी उडान शुुरु गर्ने भएको छ। आबुधाबी काठमाडौं आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान गर्ने हिमालय एयरलाइन्सको जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसीका सञ्चालक एवं एनआरएनए आईसीसी सदस्य ठाकुरप्रसाद ढुङ्गानाले बताएका छन् ।

यो भन्दा पहिले दुबईबाट उडान भरिरहेको हिमालय एयरलाइन्सले युएईको आबुधाबीबाट हरेक सोमबार, बुधवार र शुक्रवार उडान गने भएको छ। आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशीहरूको सुविधालाई ध्यान दिँदै उडान शुरु गर्न लागेको ढुङ्गानाले जानकारी दिए।

बिहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौँमा बिहान ८ बजे ल्यान्ड गर्नेछ। साँझ ८ बजेर ४५ मा काठमाडौंबाट जहाज उड्ने छ भने राति ११ बजेर ४५ मिनेटमा आबुधाबी पुग्ने छ