डा. तुलसी गिरी

आज छैठौं राष्ट्रिय नेपाली टोपी दिवस, हाम्रो पहिरन पहिचाहन भनेको नै नेपाली टोपी हो-रामजी बलामी युवा अभियन्ता


काठमाण्डौ -आज छैठौं राष्ट्रिय नेपाली टोपी दिवस,नेपाली टोपीको प्रवर्धन गर्ने उद्देश्यले बिगत ६ वर्षअघिदेखि अंग्रेजी नयाँ वर्षका दिन यो दिवस मनाउन थालिएको हो।

उक्त दिवसका जागरुक युवा अभियान नेपालले मंगलबार काठमाडौंको माइतीघरमा नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ प्रदर्शन गरेकाे छ।नेपाली टोपी दिवसका अभियन्ताहरू रामजी बलामी, घनश्याम श्रेष्ठ,जनार्जन पौडेल, ज्ञानमणि कालोटोपी, शिव धिताल, राजेश खत्री, मोहमद अजमत अली, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, जनक कार्कीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कतिपयले नेपाली टोपीलाई पहाडीयाको पहिचान भन्ने गरे पनि यो सबै हरेक जाति, क्षेत्र र वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्।

हामी संग को छोटो कुराकानीमा जागरुक युवा अभियानका एक अभियन्ता रामजी बलामी भन्नु हुन्छ “हाम्रो चाहना र उदेश्य भनेको नै हाम्रो पहिरनमा पहिचाहन के त ? भन्ने नै हो,टोपी कुनै जात धर्म भाषा लिङ्ग,क्षेत्र,वर्ग बिशेषको हैन यो त नेपालीको पहिरन पहिचाहन हो भन्ने सुझाउन र बुझाउन चाहन्छौ ।  हामीले हाम्रा पालामा नै यो कुराको जागरण ल्याउन जरुरि छ भने भावी पुस्ताले यसलाई जगेर्ना गर्न,”

सास्कृतविदका अनुसार आफ्ना दाजुलाई खुसी पार्न जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले पहिलोपटक टोपी बनाएर उपहार दिएको  भन्ने भनाइ छ।  नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरे पनि नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

 नेपालका विभिन्न समुदायले भने आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेको पाइन्छ ।