गृहमन्त्री रामबहादुर थापा(बादल)ले गुण्डाहरुको संरक्षण गर्ने नेतादेखि सांसदहरुलाई समेत नछाड्ने बताएका छन्। माउण्टेन टेलिभिजनमा दिएको अन्तरवार्तामा गृहमन्त्री थापाले गुण्डाको संरक्षण गर्ने जो सुकै नेता होस या सांसद सानो प्रमाण पाएमा उनीहरुलाइ ठाउँको ठाउँ तह लगाइने बताए।उनले अधिकांस राजनीतिक दलमा अपराधीक पृष्ठभुमीका नेता तथा कार्यकर्ता रहेको दावी गर्दै उनीहरु विरुद्ध प्रमाण जुटाउने काम भइरहेको बताए।

गृहमन्त्री थापाको यस्तो कदमले नेतादेखि सांसद समेत डराइरहेका छन्। स्रोतका अनुसार अहिले विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सांसदहरु अपराधीक पृष्ठभुमीका ब्यक्तिहरुसँग बोल्नसमेत डराइ रहेका छन्।गृहमन्त्री थापले कतिपय नेता राजनीतिलाई गुण्डा पाल्ने अखाडा बनाई सकेको जिकिर गरे । उनले भने, राजनीतिको आडमा नेताहरुले साना गुण्डाहरुलार्इ प्रसय दिनाले उनीहरु भोली गएर ठुला डनको रुपमा अपराधिक दुनिया पाइला टेक्छन्।’उनले थप्दै अघि भने,’ हो त्यस्ता तस्कर, भ्रष्ट तथा माफिया गुण्डाहरुलाई संरक्षण गर्ने जुनसुकै राजनीतिक दलका नेता भएपनि उनीहरुलार्इ ठाउँको ठाउँ कानूनको दयारमा ल्याइने छ।’अब देशमा गुण्डाराज नचल्ने ठोकुवा गर्दै तिनीहरुको कालोसुची तयार भईसकेको समेत गृहमन्त्री थापाले बताए।

गृहमन्त्री थापाले देशभर गुण्डा उन्मुलन गर्न आफू लागेको भन्दै देशमा अस्थिरता मच्चाउनेलाई नछोड्ने र सखाप पार्ने चेतावनी पनि दिएका छन्।मुलुकभरमा रहेको जुनसुकै खालको सिन्डिकेट हट्ने र त्यसलाई हटाउन आफू लागी परेको थापाको भनाई छ। ट्राफिक समस्या विकराल रहेको भन्दै थापाले त्यसलाई व्यवस्थित पार्न सरकार लागी परेको र ट्राफिक प्रहरीलाई सेवा,सुविधा बढाउने तर्फ सरकार सकारात्मक रहेको बताए।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट मन्त्रालय बोलाउने यातायात मन्त्री रघुविर महासेठको कदमको बचाउ गर्दै थापाले भने “मन्त्रालयले आफूले चाहेको कर्मचारीलाई आवश्यक अनुसार परिवर्तन गर्न सक्छ।सिन्डिकेट पुनस्स्थापनाको लागी मन्त्री महासेठले उनलाई हटाएको कुरामा कुनै सत्यता छैन।”