प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर विभिन्न ठाउँमा दलका शीर्ष नेताहरुलाई लक्षित गरी बिस्फोट र आक्रमणका घटना घटीरहेको बेला सरकारले विप्लवका ८ सय ३९ जना कार्यक्रर्ता पक्राउ गरेको छ ।

तर मुख्य योजनाकार भनिने नेकपा माओवादीका अध्यक्ष नेत्र विक्रम चन्द “विप्लव” भने अहिलेसम्म प्रहरीको सम्पर्कमा  आउन सकेका छैनन् ।
नेकपा माओवादीका अध्यक्ष विप्पलवले कुनै पनि हालतमा निर्वाच हुन नदिने भनेर सार्वजनिक रुपमै घोषण गरेपछि आक्रमक कार्यप्रति विप्लवको संलग्नता रहेको स्रोतको दाबी छ ।

यतिबेला विप्लवका कार्यक्रर्ता पक्राउ पर्दा सरकारले विप्लपलाई भने पक्राउ गरेर सार्वजनिक गर्न नसकेको भन्दै शीर्ष नेताहरुमाझ डर र चिन्ता अझै कायमै रहेको बताइएको छ ।
आक्रमक कार्य न्यूनकिरणका लागी विप्लवलाई नै नियन्त्रणमा लिनुपर्नै ठूला दलका नेताहरुको भनाइ छ ।

तर बिप्लप भने भारत छिरेकाे स्राेत बताउछ ।